कामु प्रधानन्यायाधीश खोजेपछि न्यायाधीशहरू इजसलाबाट फर्के

काठमाडौं, १५ मंसिर । गोला प्रक्रियाबाट पेसी तोक्न माग गर्दै आएको नेपाल बार एशोसियसनले सर्वोच्च अदालतबाट हुने मुद्दा सुनुवाइमा फेरि भाँजो हालेको छ ।गोला तानेर पेसी तोकिएअनुसार इजलास बसिरहेकै बेला बार पदाधिकारीहरुले न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश नभएको अवस्थामा कसको नेतृत्वमा गोला प्रक्रिया अघि बढाइयो भन्ने प्रश्न गरेपछि न्यायाधीशहरू इजसलाबाट फर्केका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामालाई बटमलाइन बनाइरहेको बार नेतृत्वले अत्तो थापेका कारण गोला तानेर सुरू भएका इजलास पनि अवरुद्ध भएको छन् ।बारले कामु प्रधानन्यायाधीश को हो रु भन्ने प्रश्न उठाएपछि न्यायाधीशहरू छलफलमा जुटेका छन् । प्रधान न्यायाधीश नेतृत्वको पेशी व्यवस्थापन समिति रहने भनिएकोमा कोभिडका कारण प्रधानन्यायाधीश अस्पतालमा रहेकाले कामु प्रधानन्यायाधीश हुनुपर्ने माग बारको छ ।राणाले अदालतबाटै अस्पताल चलाउन खोजेको आरोप बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति