संखुवासभा , १५ मंसिर । भरूवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारे बस्ने रामबहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले भरूवा बन्दुक लुकाई राखेको सूचना प्राप्त गरेपछि उक्त सूचनाका आधारमा राईलाई मंगलबार बिहान पक्राउ गरेको हो। पक्राउ परेका उनीङ्गाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीद्धारा भरूवा बन्दुकसहित संखुवासभामा एकजना पक्राउ
प्रतिक्रिया