काठमाडौँ, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भएका छन्।
प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि महाधिवेशनमा सहभागी भएका छन्।भृकुटीमण्डपमा बुधबार सुरू भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिनका लागि राप्रपाको निम्तो मान्न उनीहरूसहित अन्य दलका नेताहरू पुगेका हुन्।महाधिवेशनमा भाग लिन माधव नेपाल पछि प्रचण्ड पुगेका हुन्।यसअघि आफ्नो गृहजिल्ला चितवनमा भएको नेकपा एमालेको दसौँ महाधिवेशनमा प्रचण्ड र माधव नेपाल दुबै सहभागी भएका थिएनन्।
उनलाई निम्ता पठाइए पनि एमाले महाधिवेशनमा उनले प्रतिनिधि पठाएका थिए भने। माधवकुमार नेपाललाई एमालेले निम्ता नै गरेको थिएन।
प्रतिक्रिया