ओलीले हजार मत ल्याउँदा रावललाई ७५ मात्रै

काठमाडौं, १४ मंसिर । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। नेतृत्व चयनको लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन्।निर्वाचन आयोगका अनुसार ओलीले १ हजार मत ल्याउँदा प्रतिस्पर्धामा रहेका रावलको पक्षमा ७५ मत मात्रै झरेको छ। प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष ओलीले फराकिलो अग्रता बनाएका हुन्।अहिले चितवनको सौरहास्थित सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ।एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति