काठमाडौं, १४ मंसिर ।नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको मतदानमा बिहान ८ बजेसम्म १ हजार २१० मत खसेको छ । कूल २ हजार १५३ मतदाता रहेकोमा विद्युतीय मतदान मशिनबाट निर्वाचन भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए । मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू गरिएको हो । बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए । मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ । विद्युतीय मशिनमा मतदान भइरहेकाले गणनाको काम केही मिनेटमै हुने तर अन्य व्यवस्थापन र तयारीमा केही समय लाग्ने आयोगले जनाएको छ ।
१२१० मत खस्यो, १० बजेसम्म मतदान सकेर ११ बजेभित्रै नतिजा ल्याउने तयारी
प्रतिक्रिया