भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटियो

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ।

चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो । पर्चामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टङ्क कार्की र भीम आचार्यलाई भोट नहाल्न पर्चामा भनिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति