काठमाडौं,१४ मंसिर । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान जारी छ । मङ्गलवार सवा ६ बजेसम्म ७२० जनाले मतदान गरेका छन् भने एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न हाल्न सक्ने व्यवस्था गरिएको छ । अहिलेकै गतिमा भोटिङ भए लगभग ३ घण्टामा मतदान सकिने निर्वाचन आयोगको भनाइ छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया