अन्तिम नामावली प्रकाशन : एमाले मतदान अब राति २ बजेदेखि भोलि बिहान ८ बजेसम्म

काठमाडौं, १३ मंसिर । केन्द्रीय सदस्यहरूबीच सहमति गराएर पदाधिकारीमा मात्र चुनाव गराउन नेकपा एमालेले आफ्नो मतदान समय पाँच घन्टा सारेको छ।एमालेको निर्वाचन आयोगले यसअघि सोमबार राति ९ बजेबाट मतदान सुरू हुने भनेको थियो। आयोगले भर्खरै फेरि अर्को सूचना जारी गरेको छ जसअनुसार अब राति २ बजेबाट मात्र मतदान सुरू हुनेछ।राति २ बजेदेखि भोलि बिहान ८ बजेसम्म मतदान गर्ने गरी आयोगले नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो।

बिहान ८ बजेसम्म भोट हाल्न पाइने भएपछि महाधिवेशन प्रतिनिधिहरू बन्दसत्र स्थलबाट बाहिर निस्कन थालेका छन्। बिहान भोट हाले पनि हुने भए रातभरि चिसोमा किन बसिरहने भनेर उनीहरू फर्किँदैछन्।चितवन, नवलपुरबाट आएका एक महाधिवेशन प्रतिनिधि अब मंगलबार बिहान आएर भोट हाल्ने भन्दै घर फर्किन लागेका थिए।यसअघि आयोगले अन्तिम नामावली प्रकाशन गर्न खोज्दा नेताहरूले केन्द्रीय सदस्यमा सहमति खोज्न एक घन्टा समय मागेका थिए। त्यसअनुरूप निर्वाचन आयोगले भर्खरै अन्तिम नामावली पनि प्रकाशन गरेको छ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति