तनहुँ जलविद्युत् आयोजनाको कार्य छिटो सक्काउनुपर्नेः ऊर्जामन्त्री भुसाल

तनहुँ , १३ मंसिर । ऊर्जामन्त्री भुसालले तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणमा नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी थिइन् । सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री भुसालले निर्देशन दिइन् ।

तनहुँको ऋषिङ गाउँपालिका–१ निर्माणाधीन १४० मेगावाट क्षमताको विद्युत्गृहको सोमबार निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल

नेपालमा कुलेखानीबाहेक सञ्चालमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नु पर्ने र वर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था भएकाले उक्त अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ नगरी तोकिएकै समय र लागतमा सम्पन्न गर्नुपर्ने भुसालले बताए । उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिनसक्ने बताइन् ।

ऊर्जामन्त्री भुसालले निर्माणकार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै निर्माणमा आई पर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति