एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

चितवन, १३ मंसिर । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी दसौं महाधिवेशनअन्तर्गत नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन्। मनोनयनको म्याद सकिँदासमेत उक्त पदमा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएको हो तर निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति