पदाधिकारीमा ओलीले घोषणा गरेकाबाहेक तीनजनाको उम्मेदवारी

काठमाडौ १३ मंसिर । नेकपा एमालेको जारी दशौं महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता सकिएको छ । हिजो राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सूचीमा नपरेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिए भने घनश्यम भुसाल र भीम आचार्यले उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा भने घोािषतबाहेक कसैले पनि उम्मेदवारी दिएनन् ।

त्यस्तै केन्द्रीय सदस्यमा पनि सूचीमा नपरेकाहरुले उम्मेदवारी दिएका छन् ।ओलीले घोषणा गरेका पदाधिकारीहरुले पनि मनोनय दर्ता गराएका छन् । अध्यक्षमा ओली स्वयम्, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिएको थियो ।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको उम्मेदवारी दर्ता भएको छ । सचिवमा आचार्यबाहेक टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालले पनि उम्मेदवारी दिएका छन् । उनीहरु ओलीले घोषणा गरेको सूचीमा पनि परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति