सर्वसम्मतिको प्रस्तावमा सहमति नभए भोलि निर्वाचन – प्रदीप ज्ञावली

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको चितवनमा जारी दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्रका लागि प्रतिनिधिहरू हलमा फर्किन थालेका छन्। बिहान १० बजेका लागि बोलाइएको दोस्रो बन्दसत्र अहिलेसम्म सुरू हुन सकेको छैन।पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र १० घन्टा पछि सारेका थिए। पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने अधिकार उनलाई नै दिइएको थियो।दस घन्टाको प्रयासपछि आफूले छानेको पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिको सूची उनले अब हुने बन्दसत्रमा सर्वसम्मतिका लागि पेस गर्ने पार्टी प्रवक्ता प्रदीप ज्ञावलीले बताए।
सर्वसम्मत रूपमा पदाधिकारीसहित केन्द्रीय समिति चयन हुन नसके बन्दसत्रबाट निर्वाचनको कार्यक्रम अघि बढ्ने पनि उनले जानकारी दिए।

‘अध्यक्ष ओलीले बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्नुहुनेछ। प्रस्ताव पारित नभए भोलि चुनाव हुनेछ,’ प्रवक्ता ज्ञावलीले भने।आइतबार दिनभरि अध्यक्ष ओली पदाधिकारी र सदस्यको टुंगो लगाउन केही नेताहरूसँग छलफलमा जुटेका थिए। अहिले प्रतिनिधिहरू बन्दसत्र हुने हलमा फर्किए पनि अध्यक्ष ओली भने छलफलबाट बाहिरिएका छैनन्।स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षको पदमा सुवास नेम्वाङ र ईश्वर पोखरेलका लागि दुईवटा पद राखेर भए पनि सहमति जुटाउने प्रयासमा ओली छन्। तर उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलबारे छलफल गरेका छैनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति