काँग्रेस दैलेख सभापतिमा रेग्मी विजयी

दैलेख, १२ मंसिर। नेपाली काँग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रेग्मीले स्थापन पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । रेग्मीले ७९१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्याशी भण्डारीले ७५४ मत प्राप्त गरे । रेग्मी रामचन्द्र पौडेल पक्षका हुन् । उपसभापतिमा नवराज शाही र रीता कुमारी शाही निर्वाचित भए भने सचिवमा खेमराज वलि र नारायण प्रसाद रेग्मी विजयी भएका छन् ।सहसचिवमा कनक बहादुर सेन ठकुरी र महेन्द बहादुर शाही चटान विजयी भएका छन्।यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि बिमल विक्रम शाही बिजय भएका छन भने केन्द्रीय महाधिवेशन प्रतिनिधि नर बहादुर खड्का भएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति