होटेल पार्क सफारीमा बन्दै बन्दसत्रमा घोषणा गर्नेको सूची

सौराहा, १२ मंसिर ।  नेकपा (एमाले) को जारी महाधिवेशन टुंगोमा पुग्न नसकेका बेला अध्यक्ष केपी शर्मा ओलीसहितका मुख्य नेताहरु भने बन्दसत्र स्थलमा छैनन् ।

अध्यक्ष ओली र उनीनिकट ‘कोर टिम’ बन्दसत्र स्थल होटेल पार्क सफारीमा परामर्शमा छ । ओलीसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत लगायतका नेताहरु भने होटेलमा आन्तरिक छलफलमा छन् ।स्रोतका अनुसार लामो समयदेखि होटेलमै बसिरहेका उनीहरुले बन्द सत्रमा घोषणा गरिने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार पारिरहेका छन् ।सहमतिका लागि भन्दै बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया अझैं शुरु गरिएको छैन् ।हिजोको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने प्राधिकार दिएको थियो । त्यसै अनुसार एकलौटीरुपमा नाम घोषणा गर्ने र ध्वनी मतका आधारमा पारित गराउने तयारी भइरहेको छ।वरिष्ठ नेता र महासचिवमा सहमति हुन नसकेकाले बिहानैदेखि विभन्न नेताहरुसँग ओलीले संवाद गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति