पार्टीभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : नेता पौडेल

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।
आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा हुने बताएका छन् । अदालतमा सेटिङ हुनु लोकतन्त्रका लागि चुनौती भएको भन्दै उनले संवैधानिक परिषदको निष्पक्षतामा प्रश्न उठ्नु पनि गम्भीर विषय भएको बताए । उनले भने, ‘अहिले सत्ताका लागि मात्रै होइन ब्यवस्थाका लागि चिन्ता गर्नुपर्ने अवस्था छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति