ओली र रावलबीच भएनन भेटवार्ता : बन्द सत्र हलमा छिरे रावल

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका छन्। अध्यक्षमा उम्मेदवारी दिएर ३२ पेजको बुक लेट समेत बनाएर चुनाव प्रचार गरिरहेका उनी ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका हुन्। ओलीलाई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले रावललाई मिलाएर लैजान आइतवार बिहानै आग्रह गरेका थिए।

ओलीले आफू मिलाउने प्रयासमा नै रहेको जवाफ दिएका थिए। तर यी दुई नेताबीच कुनै संवाद अघि नबढेको हो।ओली आफ्नै समूह मिलाउने प्रयासमा लागिरहेका छन्। ओली पार्क सफारीमा बसेर आफ्नो समूहसहित सर्वसम्मत हुने पदाधिकारीको सम्भावित सूची बनाउन लागिरहँदा रावल भने सेभेन स्टारको बन्दसत्र आसपास चुनाव प्रचारमा थिए।उनका सहयोगीहरुले बन्दसत्र हलमै पुगेर चुनाव प्रचार गरिरहेपछि स्वयम् सेवकहरुले उनीहरुलाई निकालेका थिए।

शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार दिएको थियो। निर्वाचनको पक्षमा नरहेका ओली सर्वसम्मत नेतृत्व छान्ने कसरतमा छन्। तर ओलीले भने अझै पनि पार्क सफारी होटेल छोडेका छैनन्। सहमतिको सूची तयार गरेर मात्रै ओली बन्द सत्र हलमा जाने तयारी छ। ​ओली सहमतिको तयारीमा रहेका अहिल्यै बन्दसत्र सुरु हुने सम्भावना कम छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति