एमाले कमजोर भयो भन्नेलाई हिजो देखायौं : अध्यक्ष ओली

चितवन, ११ मंसिर । नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र चलिरहेको छ। बिहान ८ बजे हुने भनिएको बन्दसत्र दिउँसो १ बजेपछिमात्रै सुरू भएको थियो।

बन्दसत्रमा अहिलेसम्म विदेशबाट आएका विभिन्न दलका प्रतिनिधिहरूले एमाले महाधिवेशन सफलताको शुभकामना दिएका छन्। बन्दसत्रलाई अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। सम्बोधनका क्रममा ओलीले एमाले कमजोर भयो भन्नेहरूलाई शुक्रबार भएको उद्घाटन समारोहमा देखिएको जनसागरले जवाफ दिएको बताए।‘एमाले कमजोर भयो भन्नेहरूलाई हिजो जवाफ दियौं,’ अध्यक्ष ओली भने।एमालेको यो महाधिवेशनबाट निर्माण भएको नेतृत्वले राजनीतिमा देखिएका विकृति, विसंगति अन्त्य गर्ने ओलीले बताए।‘राजनीतिलाई बेथितिमा रहन दिइराख्यौं भने हामी सुरू गरेको विकास अवरूद्ध हुन्छ,’ ओलीले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति