एमालेको कुम्भमेला र हाम्रो विचार निर्माण अभियानबीच तुलना हुनै सक्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ११ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । चितवनको भतरतपुर महानगरमा शुक्रबारदेखि जारी दसौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको पनि उनले बताए ।

पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले शनिबार पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एमालेको दसौं महिधवेशनलाई शुभकामनासम्म दिन नगएका दाहालले आलोचना गरेका हुन् ।

हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ, प्रचण्डले भने । उनले एमालेको महाधिवशेनलाई ुतथाकथित भएको बताए ।राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ थियो । ुतथाकथित महाधिवेशन भइरहेका छन् ।

ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं, उनले भने । एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने प्रचण्डको भनाइ थियो । उनले भने, अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन । प्रचण्डदाहालले माओवादीप्रति जनतामा आशा जागेको पनि बताए । उनले माओवादीप्रति तराई-मधेसदेखि हिमालसम्म जनाधार बढ्दै गएको पनि दाबी गरेका थिए । उनले माओवादी कमजोर भयो भने परिवर्तनका एजेन्डा कमजोर हुने, राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति दृढ रही रक्षा गर्न निर्देशन दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति