एमाले उपाध्यक्षमा घनश्याम भूसालको उम्मेदवारी घोषणा

काठमाडौँ, १० मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले सबै पक्षसँग सल्लाहपछि उपाध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताएका हुन । सबै साथीहरूसँग सल्लाहपछि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु भूसालले भने । यसअघि नेता भूसाललाई उनी निकट नेता तथा कार्यकर्ताहरूले अध्यक्षमा नै उम्मेदवारी दिन सल्लाह दिएका थिए ।भूसाल निकट नेताहरूका अनुसार भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी पछि हटेका हुन् । एमालेको विधानमा चार उपाध्यक्षको व्यवस्था रहेको छ ।चितवनमा शुक्रबार नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह सकिएलगत्तै उनले आफू उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपि उनले औपचारिक घोषणा भने गरिसकेका छैनन।शनिबार बन्दसत्र सुरु हुनुअघि नै उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रुपमा घोषणा गर्ने बुझिएको छ । शुक्रबार राति ८ बजे नै एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति