प्रचण्डलाई ओलीको प्रश्न –लडाकुको समस्या समाधान किन नगरेको ?

काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा हुँदा लडाकुको समाधान गर्न नसकेको भन्दै अब लडाकुको साथी एमाले हुने बताएका छन् ।

शुक्रबार नारायणी किनारमा पार्टीको १०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले सरकार आफ्नो कठपुतली रहेको बताउने प्रचण्ड लडाकुको समस्या समाधान गर्न गम्भीर नभएको बताएका हुन् ।‘सरकार आफ्नो कठपुतली रहेको र औँलामा नचाइदिने बताउनेले लडाकुको समस्या समाधान किन गर्न नसकेको,’ प्रश्न गर्दै ओलीले भने, ’अब लडाकुको साथी एमाले बन्नेछ ।

’जनयुद्ध लडेका योद्धाहरूले अवसर नपाएर प्रचण्डले छोरीलाई मेयर बनाएको भन्दै उनले कटाक्ष पनि गरे । ‘जनयुद्ध लडेकाहरूले अवसर पाएनन् । मेयर र मन्त्री कसलाई बनाइयो देखिहाल्नुभयो,’ उनले भने ।ओलीले लडाकुहरूलाई एमालेमा प्रवेश गर्न आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति