मेरो खुट्टा तान्नेहरूले देउवाकोको खुट्टा समातिराखेका छन् – अध्यक्ष ओली

काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा काम गर्न नदिएकाहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनस्थित नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ,’ ओलीले भने, ‘काम गर्न खोज्नुभएको थियो होला शायद, दिएनन् । मेरो खुट्टा तान्नेहरूले उहाँको खुट्टा समातिराखेका छन् ।’तर, उनले सम्बोधनका क्रममा वर्तमान सरकारलाई दक्षिणपन्थी भन्न भने भ्याए ।प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै ओलीले हँसिया हथौडा बोक्नेहरूले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति