संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याउन एमालेले बहुमत ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, १० मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनुपर्छ,ु ओलीले भने, संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनुपर्छ ।प्रतिनिधिसभा विघटन गरेपछि जनतामा जाउँभन्दा अन्य राजनीतिक दलहरूले नमानेको पनि ओलीको भनाइ थियो ।

उनले परमादेशको बाटो नभई जनादेशको बाटोमा जाउँ भन्दा अन्य राजनीतिक दलले नमानेको उल्लेख गरे । गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौ, ओलीले भने, जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।ओली प्रधानमन्त्री हुँदा २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । ओलीले त्यो पुनःस्थापना गलत भएको बताएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति