परिवर्तनको पक्षमा लड्दा ओलीले जेलजीवन विताएको भन्दै देउवाले भने– मिलेर अघि बढौं

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले देशमा परिवर्तन ल्याउने विषयमा सबै दलहरु एकैठाँउ रहेको भन्दै आपसी विमतीहरु वार्ता र सम्बादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओलीसँगै हिजो परिवर्तनको पक्षमा लड्दा सँगै जेल जीवन विताएको भन्दै भोलीका दिनमा यस्तो अवस्था नआओस् भन्ने गरी मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।

सबे मिलेर नयाँ संविधान तथा विभिन्न परिवर्तनहरु नेपालमा ल्याएको भन्दै सबै दलहरु मिलेर नै संविधानलाई संस्थागत गर्नुपर्ने बताए ।

मतभिन्नताहरु भएपनि लोकतान्त्रिक मूल्य मान्यतालाई जीवनपद्दती बनाइ देशलाई समृद्ध बनाउने अभियानमा सबै दलको लक्ष्य एकै हुनुपर्ने बताए ।

लोकतन्त्रलाई सुदृढ बनाउन सबै दलहरुवीच निरन्तर सम्बन्ध, वार्ता र सहकार्यहरु हुनुपर्ने भन्दै नीतिगत रुपमा भएका मतभिन्नताहरु सबै बसेर समाधान गर्ने र स्वीकार गर्ने पद्दती ल्याउनुपर्ने उनले बताए ।

दलहरुवीच सदभाव छलफल, सम्बाद मार्फत सम्बन्ध स्थापना गर्न चाहने भन्दै उनले एमाले अध्यक्ष केपी ओलीसँगै हिजोका दिनमा सँगै जेलमा बसेको भन्दै उनले भोलीका दिनमा कसैले यस्तो अवस्था भोग्न नपरोस भनेर अघि बढ्नुपर्ने बताए ।

मुलुक कोभिडले आक्रान्त भएको अवस्थामा सरकारले सबै नागरिकलाई खोप दिने अभियानमा सरकार लागेको भन्दै यसमा साथ दिन पनि उनले आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति