काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताए ।
एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै अध्यक्ष थापाले शुभकामना दिँदै अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताए ।
उनले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताए ।ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी थियो ।
अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताए ।अध्यक्ष थापाले अहिले देश सङ्कटको भुमरीमा परेको र यो सङ्कटबाट जोगाउन सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे । देश सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै उनले नेपालीको धार्मिक पहिचान समाप्त पार्ने प्रयास भइरहेको, इतिहासमै भष्ट्राचार बढेको, युवाहरू खाडीमा पसिना बगाउन बाध्य भएको, बाह्य शक्तिको चलखेल र प्रभाव बढेको बताए ।
उनले २०६२र०६३ को आन्दोलन र त्यसपछिको परिर्वतनबाट दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य राखेको भए पनि कहाँ पुगिएको छ भनेर समीक्षा गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया