रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु ५० घाइते

एजेन्सी, १० मंसिर । रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारामा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

घटनामा ४९ मजदुर घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मात्राको हताहती हो । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दैे उद्धार कार्य पनि रोकिएको छ । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२८५ जना मजुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति