एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्ड नजाने

काठमाडौं, ९ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । एमाले महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरु हुँदैछ । उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने पक्का भएको छ ।एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई पनि निम्तो दिएको छ ।

तर उनी नजाने भएका छन् । प्रचण्डको पूर्व निर्धारित कार्यक्रम भएकाले चितवन नजाने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘उहाँले केही भन्नु भएको थिएन, त्यसैले मैले पनि कार्यक्रम तय गरेँ,’ उनले भने, ‘उहाँको पनि कार्यक्रम परेको रहेछ । भोलि चितवन जान भ्याउनु हुन्न ।’उनका अनुसार स्थायी कमिटीका नेता एमाले महाधिवेशनको उद्घाटन समारोहमा पुग्ने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति