२४ घण्टामा २८१ कोरोना संक्रमित थपिए, २९८ जना निको

काठमाडौँ, ९ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २८१ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार १०४ वटा पीसीआर नमुना परीक्षण गर्दा २८१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, १ हजार ८०५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा २७ जनामा पोजिटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, बिहीबार २९८ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७।७ प्रतिशत छ । यस्तै, ३ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, १०३ जना क्‍वारेन्टाइनमा छन् ।हालसम्म नेपालमा ८ लाख २० हजार २८५ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख १ हजार ४२० जना निको भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति