सभामुखअग्निप्रसाद सापकोटालाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र

काठमाडौं, ८ मंसिर। मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेका छन् ।

नोभेम्बर २६ देखि ३० (मंसिर १० देखि १४) सम्म स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ ।

तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारलाई सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ । जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईले अन्तर व्यवस्थापिका संघका अध्यक्ष, स्पेनका विदेशमन्त्री र नेपालसमेत हेर्ने दिल्लीस्थित स्पेनको दूतावासलाई पनि पत्र लेखेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति