एमाले अध्यक्ष ओलीले भने – अब नो एकता, नो एकीकरण

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताए ।युवा संघले बनाएको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको बताए । ‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीकरण’ उनले भने, ‘जो साथीहरु हुनुहुन्छ आउनुस्,, एमाले मिलेर काम गरौं ।’ ओलीले अघि भने, ‘एकता एकीकरणको वार्ता को सँग गर्ने रु माधव नेपालसँग गर्ने एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्यूँझिनुस् र फर्किनुस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति