काठमाडौँ, ८ मंसिर । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका पौडेल पराजित भएका हुन् ।
महाधिवेशन प्रतिनिधि उठेका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि पराजित भएका छन् । केन्द्रीय सदस्य पौडेलले ४०४ मत र जिल्ला सभापति थापाले ३९९ मत मात्रै पाए । कांग्रेसको विधानअनुसार अहिले आमन्त्रित केन्द्रीय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि जितेर नआए केन्द्रीय महाधिवेशनमा भाग लिन पाउदैनन् ।
शर्मालाई सभापति शेरबहादुर देउवाले आमन्त्रित सदस्य बनाएका हुन् । क्षेत्र नम्बर १ को सभापतिमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका चण्डिप्रसाद शर्मा पौडेल विजयी भएका छन् । उनले प्रत्यासी खडक थापालाई ४ मतले पराजित गरेका छन् । पौडेलले ४५४ मत प्राप्त गरे भने थापाले ४५० मत प्राप्त गरेका हुन् ।
प्रतिक्रिया