प्रहरीद्धारा किशोरीमाथि बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ

पर्वत , ८ मंसिर । १३ वर्षीया किशोरीमाथि बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।सोमबार जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्यले मोबाइलमा अश्लिल भिडियो किशोरीलाई देखाई यौन दुर्व्यहार गर्दै एकान्त ठाउँमा लगी बालयौन दुरुपयोग गरेको सूचना प्राप्त गरेको आधारमा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति