आगामी तीन दिनको मौसम : चिसो बढ्दै, हिमपातको सम्भावना उस्तै

काठमाडौं, ८ मंसिर । उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।जसअनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०८ गते (बुधबार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशका पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०९ गते (बिहिबार) 

दिउँसो : देशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १० गते (शुक्रबार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशका पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति