भक्तपुरको ताथलीमा भेटियो मानव कंकाल

काठमाडौं, ७ मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिका- ९, ताथलीमा मानव कंकाल फेला परेको छ । प्रहरीका अनुसार ठुलोपाखा सामुदायिक वनमा मंगलबार बिहान मानवको जस्तो देखिने कंकाल फेला परेको छ ।वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्चको मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए ।

रुखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा रहेको छ भने रुखको फेदमा कालो रंगको झोला समेत फेला परेको प्रहरीले जनाएको छ । झोलासँगै नाम्लोको फित्ता र झोलाभित्र चेक सर्ट, प्याक गरी राखेको रुद्धाक्ष, दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, खरानी रंगको गोल्ड स्टार जुत्ता र झोलामा रहेको पाइन्टको गोजीमा लाइटर समेत फेला परेको डीएसपी गिरीले जानकारी दिए । त्यसबारे विज्ञ टोलीबाट परीक्षण भइरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति