एमाले अध्यक्ष ओलीले प्रचण्डलाई दिए चुनौती : मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्नुस्

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

एमालेले दशौं महाधिवेशन चितवनमा गर्दैछ र प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए ।मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताए ।उनले भने, ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति