काठमाडौं । एमाले यतिखेर १० औं महाधिवेशनको तयारीमा छ । नेकपाबाट एमाले हुँदै पार्टी नै विभाजन भएपछि चितवनमा मंसिर १०–१२ मा एमालेको पहिलो महाधिवेशन हुन लागेको हो ।
व्यवस्थापकीय हिसाबले महाधिवेशनको अन्तिम तयारी भइरहेको मूल व्यवस्थापन समितिका सदस्य एवं केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमाले विभाजन भएपछि अघिल्लो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । झलनाथ खनालसहितका नेता नेपालतिरै छन् । नवौं महाधिवेशनमा अध्यक्षमा नेता नेपाल ओलीसँग थोरै मतले पराजित भएका थिए । आठौं महाधिवेशनमा झलनाथ खनालसँग ११७ मतले पराजित भएका ओलीले अर्को महाधिवेशनमा नेपाललाई ४४ मतले पराजित गरेका थिए । महासचिवमा ईश्वर पोखरेलले सुरेन्द्र पाण्डेलाई जम्मा ६ मतले पराजित गरेका थिए ।
पदाधिकारीतर्फ केपी ओलीका सात र माधव नेपालका पनि सात जना पदाधिकारी जितेका थिए। अघिल्लो महाधिवेशनमा अध्यक्ष ओलीलाई विजयी बनउन महत्वपूर्ण भूमिका खेलेका उपाध्यक्ष वामदेव गौतम एमाले र एकीकृत समाजवादी कतै नलागी स्वतन्त्र बसेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपती भएकाले पार्टी राजनीतिबाट अलग्गिएकी छिन् ।
१० औं महाधिवेशन आउन जम्मा ५ दिन मात्र बाँकी रहँदा समेत पदाधिकारीमा उमेदवारी दिनेबारे औपचारिक घोषणा गर्न कसैले पनि सकेका छैनन्। अध्यक्ष ओली पनि यतिबेला मौन देखिएका छन्। यस महाधिवेशनलाई एकता महाधिवेशन रुपमा प्रचार गरेको एमालेमा यस पटक त्रिपक्षीय भिडन्त हुने देखिन्छ। यद्यपी अध्यक्ष ओलीले यस महाधिवेशनलाई सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास गरिरहेका उनी निकटस्थ नेताहरूले जिकिर गरिरहेका छन्।
पदाधिकारीमा आकांक्षी ओली पक्ष, माधव समूहबाट फर्किएका १० नेता र पूर्व माओवादी समूहले आफ्नो उमेदवारीबारे बाहिर खुलेयाम प्रचार प्रसार नगरे पनि आफू निकटमार्फत महाधिवेशनको तयारी गरिरहेका छन्। अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, दुई महासचिव, एक उप–महासचिव र सात सचिवमा पूर्वमाओवादी बाहेक पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । १४ जना मध्ये १२ जना पदाधिकारीमा नै रहेका छन् । नवौं महाधिवेशनमा पनि उनीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएका थिए ।
कसले कति मत पाएका थिए ?
अध्यक्ष
केपी शर्मा ओली १०४७
माधव कुमार नेपाल १००३
उपाध्यक्ष
वामदेव गौतम ११२४
अष्टलक्ष्मी शाक्य १०४७
भीम रावल ११४३
विद्यादेवी भण्डारी ११००
युवराज ज्ञवाली १०६२
राजेन्द्रप्रसाद पाण्डे १०३१
प्रदीप नेपाल १००८
लालवाबु पण्डित ९९८
किरण गुरुङ ९९५
धर्मनाथप्रसाद साह ९२३
महासविच
ईश्वर पोखरेल १०३६
सुरेन्द्र पाण्डे १०३०
उप–महासचिव
घनश्याम भुसाल १०९७
विष्णु पौडेल १०८२
शंकर पोखरेल १०३७
रघुजी पन्त ९६९
सचिव
गोकर्ण विष्ट १२७०
प्रदीप ज्ञवाली ११५५
योगेश भट्टराई १०८५
पृथ्वीसुब्बा गुरुङ १०२९
भीम आचार्य १०३५
परशु मेघी गुरुङ १०१५
विष्णु रिमाल ९९७
बेदुराम भुसाल ९९७
रघुवीर महासेठ ९२८
केशवलाल श्रेष्ठ ९२२
प्रतिक्रिया