प्रधानन्यायाधीश जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार छैन : अन्सारी

अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् ।

मंगलबार प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अन्सारीले भ्रष्टाचारको आरोप लाग्दा पनि पदमा बसिरहनु विडम्बना भएको बताइन् । उनले भनिन्, ु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कान खोलेर यो सन्नुहोस् तपाईँकोमा अहिले कोही पनि न्याय माग्न आउनेवाला छैनन् ।त्यस्तै भ्रष्टाचारको आरोप लागेका प्रधानन्यायाधीश जबराबारे विधायिका चुप लागेर बसेको पनि उनको आरोप छ ।

प्रधानन्यायाधीशले अहिले आफूहरूलाई अपमानित गर्न खोजेको पनि अन्सारीको आरोप छ ।प्रधानन्यायाधीश जबरालाई हटाउने जिम्मा सम्पूर्ण कानुन व्यवसायीको भएको उल्लेख गर्दै अन्सारीले भारतीय ऊर्दू कवि कैफी आजमीको चर्चित शायरी वाचन गरेकी थिइन्, कोई तो सूद चुकाए कोई तो जिम्मा ले, उस इन्कलाबका जो आज तक उधार सा है ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति