सर्वोच्चमा आज दश इजलासमा ५९२ मुद्दामा पेशी


काठमाडौं, ७ मंसिर । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि १० इजलास तोकेका छन् ।प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोकेका हुन ।

दश इजलासमा ५९२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा।कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोकेका हुन । साथै, प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति