देशभर चिसो बढ्ने क्रममा, पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ, ७ मंसिर । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ । महाशाखाले आज बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०७ गते (मंगलबार) 

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०८ गते (बुधबार) 

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर  गते (बिहिबार) 

दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति