विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ, ७ मंसिर । नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ। आईसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३ : १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ। सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रदैछ । पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपालले अब तेस्रो खेल बिहीबार कुवेत, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति