विश्वभर कोरोना संक्रमण र मृतकको संख्या बढ्यो

काठमाडौं, ७ मंसिर । विश्वभर थप ४ लाख २८ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यही अवधिमा ३ लाख ६० हजार ७४२ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार २८८ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा ६० हजार २१०, बेलायतमा ४४ हजार ९१७, रुसमा ३५ हजार ६८१, टर्कीमा २४ हजार ८५६ र ब्राजिलमा २ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी कोरोनामुक्त हुनेमा अमेरिकामा ८५ हजार ७२, टर्कीमा २८ हजार ९३५, रुसमा २८ हजार ७१३, ब्राजिलमा ८ हजार ३२५ जना छन् ।मृत्यु हुनेमा रुसमा एक हजार २४१, अमेरिकामा ३४९, टर्कीमा १९३, ब्राजिलमा १२० र बेलायतमा ४५ जना छन् ।यसअघि सोमबार ३ लाख ८५ हजार ३१ जना संक्रमित थपिएका थिए भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको थियो ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २५ करोड ८३ लाख ३७ हजार ५१ पुगेको छ । तीमध्ये २३ करोड ३७ लाख ६० हजार १०६ जना निको भइसकेका छन् भने ५१ लाख ७३ हजार ८८५ जना संक्रमितको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति