नेपाल बारका ३ पदाधिकारीमाथि गाली बेइज्जती मुद्दा

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको द हण्ड्रेड ग्रुपले नेपाल बार एशोसिएसनका तीन पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको छ ।हण्ड्रेड ग्रुपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।गत शुक्रबार ०७८-सी४–१००७ नम्बरमा सो गाली बेइज्जती मुद्दा दर्ता गर्ने बब्लु गुप्ता संलग्न हन्ड्रेड ग्रुप कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका बेलामा विपन्नहरुलाई सडकमा खाना खुवाएका कारण चर्चित छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति