तपाइँहरूमाथि प्रहरी हस्तक्षेप भएको सुनेर दुख लाग्यो – नेता नेम्वाङ

काठमाडौं, ६ मंसिर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बार एसोसिएसनको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताएका छन् ।

दंगा प्रहरी हस्तक्षेपका कुरा सुनेर दुख लागेको छ । दुख व्यक्त गर्दछु । यसलाई ठीक निष्कर्षमा पुर्‍याउन सबै पक्ष लाग्नुपर्छ । यस्तो स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर बाहिर आयो यो राम्रो होइन नेता नेम्वाङले भने ।संसद्‍मा भएका घटनामा पनि आफूहरूले न्याय पाउन नसकिएको भन्दै बारले उठाएका विषय गम्भीर भएको उनले बताएका थिए ।

नेपाल बार एसोसिएसनले सोमबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नेता नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।पूर्वसभामुखसमेत रहेका नेम्वाङले उक्त ज्ञापनपत्र छिट्टै आफ्नो पार्टीमा बुझाउने बताएका थिए । साथै पार्टीको ध्यानाकर्षण गराउन पहल गर्ने उनको भनाइ थियो । बारले भने उक्त मुद्दा समाधानका लागि राजनीतिक दलहरूले पहलकदी गर्नुपर्ने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति