महिला टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं, ६ मंसिर । महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु, हङकङले नेपाललाई अतिरिक्तमा २७ रन दिएको थियो । हङकङका लागि बेट्टी चान र करी चानले एक÷एक विकेट लिए । १०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका मारिको हिलले अविजित ४३, करी चानले १७, नताशाले १६ रन बनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति