माहुरीको टोकाइबाट एक दर्जन मानिस घाइते

काठमाडौँ, ६ मंसिर । रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साह रहेका छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।

घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले बताएका छन् । केही उपचार पछि निको भैसकेका छन् ।

कटहरिया ५ स्थित एउटा गोठमा युवाहरू तास खेलेर बसिरहेका बेला गोठको पूर्वमा रहेको सिमलको रुखमा रहेको माहुरीको घारमा एउटा चरा ठोक्कएपछि आक्रोशित माहुरीहरूले उनीहरूमाथि आक्रमण गरेका थिए । एकै जनालाई सयौँ माहुरीले टोकेकाले केही मानिस अचेतसमेत भएकाले गाउँलेले उनीहरूलाई अस्पतालसम्म उपचारको लागि पु¥याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति