विश्वभर थप ३ लाख ८५ हजार जनामा कोरोना संक्रमण : ४ हजार १०६ संक्रमितको मृत्यु

काठमाडौं, ६ मंसिर । विश्वभर थप ३ लाख ८५ हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यही अवधिमा ३ लाख २८ हजार ९३३ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ४, रुसमा ३६ हजार ९७०, अमेरिकामा २७ हजार ४१०, टर्कीमा २१ हजार १७७ र ब्राजिलमा ५ हजार १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोनामुक्त हुनेमा बेलायतमा ३७ हजार ५२७, टर्कीमा ३४ हजार २९०, रुसमा ३२ हजार ५०४, अमेरिकामा २० हजार ६४ र ब्राजिलमा ४ हजार २९३ जना छन् । मृत्यु हुनेमा रुसमा एक हजार २५२, टर्कीमा १९५, ब्राजिलमा ९७, अमेरिकामा ९६ र बेलायतमा ६१ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति