महाधिवेशन प्रतिनिधी मनोनयनका लागि एमाले स्थायी कमिटी बैठक आज

काठमाडौं, ६ मंसिर । दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार आज ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ । ‘मनोनयका लागि विभिन्न नेताहरुले आज नाम प्रस्ताव गर्नुहुन्छ’ एक स्थायी कमिटी सदस्यले नेपाली बहससँग भन्नुभयो ‘अर्को बैठकले मनोनयन टुंग्याउछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति