आस्था नेपाल र पतञ्जली नेपाल टिभीमाथि छानबिन

काठमाडौं, ५ मंसिर । सूचना तथा प्रसारण विभागले पतञ्जली आयुर्वेद नेपालमा प्रसारणको तयारी थालेको आस्था नेपाल र पतञ्जली नेपाल टिभीमाथि छानबिन गरेको छ ।
विभागले आइतबार ती दुबैको कार्यालय रहेको मण्डिखाटारस्थित पतञ्जली नेपालमा टोली पठाएको हो।‘त्यहाँको हालको वस्तुस्थिति के हो, सबै कुरा बुझ्न टोली पठाइएको छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘टोलीले भोलि प्रतिवेदन दिन्छ।’ दुबै टिभी कानुनी रूपमा अनुमतिको प्रक्रियामै नगइकन शुक्रबार उद्घाटन गरिएको थियो। अनुमति नपाएका टिभी च्यानल उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका वरिष्ठ मन्त्री र दलका शीर्ष नेताहरू पुगेका थिए।पतञ्जली आयुर्वेद हरिद्वारका लगानीकर्ता तथा योगगुरू रामदेव र पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्ण टिभी उद्घाटन गर्न आएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति