५ मंसिर । युरोपमा कोभिड–१९ सङ्क्रमण बढ्न थालेसँगै यसरोपका देशहरुमा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ।
अस्ट्रिया, क्रोएशिया, नेदरल्यान्ड्समा अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए भने साइकलहरू पनि जलाइदिएका छन्। त्यस्तै अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।
विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण निकै चिन्तित भएको र युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप ५००,००० मानिसको मृत्यु हुनसक्ने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया