दर्ता नगरिएका रामदेवका दुई टीभी च्यानल : सूचना विभागको टोली पुग्यो मण्डिखाटार

काठमाडौँ, ५ मंसिर। भारतीय बाबा रामदेवको संस्था पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि सूचना तथा प्रसारण विभागको टोली मण्डिखाटार पुगेको छ।

पतञ्जली नेपाल र आस्था नेपाल नाम दिइएका दुवै टीभी च्यानल नेपालमा कहीँ पनि दर्ता नभएको समाचारमा सार्वजनिक भएपछि सूचना विभागले छानबिन थालेको हो।

विभागका अधिकारीहरुको एउटा टोली अहिले काठमाडौंकै मण्डिखाटारस्थित दुवै टेलिभिजन च्यानलको कार्यालयमा पुगेर सोधपुछ थालेको हो। उक्त टोलीमा रहेका अधिकारीहरूबारे सूचना विभागले केही पनि खुलाएको छैन।

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल-आस्था नेपाल र पतञ्जलि नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा शुक्रबार गरेका थिए। नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। पतञ्जलिले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र नै नलिएको खुलेपछि विभाग सक्रिय भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति