महाधिवेशनको उम्मेदवारीबारे भीम रावलले पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । रावलले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।पत्रकार सम्मेलनमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारी, रणनीतिबारे सार्वजनिक गर्ने रावलनिकट स्रोतले बतायो ।उपाध्यक्ष रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफू अध्यक्षमा लड्ने बताएका थिए । रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यसअघि नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति